सुनको मूल्य तोलामा १ लाख ८७ हजार पुग्यो

नवनारी
३ वैशाख २०८२
199 Views

काठमाडौँ । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेर १ लाख ८७ हजार रुपैयाँमा कारोवार भइरहेको छ । 

यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार (आज) बढेर १ लाख ९५५ रुपैयाँ कायम भएको हो ।


धेरै पढिएको