रास्वपाको सह–महामन्त्रीबाट किन दिइन् सुमनाले राजिनामा ?

नवनारी
४ वैशाख २०८२
177 Views

काठमाडौँ । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्री पदबाट राजीनामा दिएकी छन् । प्रतिनिधि सभाको जिम्मेवारीमै रहने भन्दै उनले कार्यवाहक सभापति डिपी अर्याल समक्ष राजीनामा प्रस्ताव गरेकी हुन् ।

रास्वपाको पार्टी पुनर्संरचना गर्ने चाहानालाई सहयोग पुर्‍याउन श्रेष्ठले दोहोरो भूमिका निर्वाह नगर्ने बरु संसदमै प्रभावकारी भूमिका निर्वाह गर्छु भनेर राजीनामा दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

श्रेष्ठले भने राजीनामाबारे कुनै प्रतिक्रिया दिएकी छैनन् ।श्रोतका अनुसार आज बिहीबार बस्ने बैठकमा श्रेष्ठले आफ्ना कुरा राख्ने तयारी गरेकी छन् ।


धेरै पढिएको