सुनको मूल्य तोलामा सामान्य अंकले घट्यो, चाँदीको कति ?
187 Views
काठमाडौँ । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य सामान्य अंकले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार भने तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस