नेपाल आइपुगिन् देवी प्रतिभा, पोखरामा दुई हप्तासम्म कथा वाचन गर्ने
243 Views
पोखरा । गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आयोजित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक विजय कृष्ण मूर्तिले जानकारी दिएका छन् ।
देवी प्रतिभाको टिममा २५ जना सदस्य सहित नेपाल आएकी हुन । उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समूह समेत रहेको बताइएको छ । उनले कोटिहोममा १४ दिनसम्म कथा वाचन गर्नेछिन् । त्यस्तै शितकृष्ण महाराजजी पनि यतिबेला पोखरामा छन् ।

प्रतिक्रिया दिनुहोस