सुनको मूल्यमा सामान्य वृद्धि

नवनारी
११ वैशाख २०८२
164 Views

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २०० रुपैयाँ वृद्धि भएको हो । 

जसअनुसार आज छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो ।  


धेरै पढिएको