दुर्गेश थापा सहितका कलाकारले आगामी साता हायात ग्राउन्डमा प्रस्तुति दिने
काठमाडौं । चर्चित गायक (कलाकार) दुर्गेश थापाले काठमाडौंमा आगामी साता लाइभ कन्सर्टमा आफ्नो प्रस्तुति दिने भएका छन् । वैशाख १८ गते बिहीबार हायात ग्राउन्ड बौद्धमा दुर्गेश थापा लाइभ कन्सर्ट हुन लागेको हो । देश–विदेशका स्टेज कार्यक्रममा धेरै खोजिने दुर्गेशले काठमाडौंमा पहिलोपटक भव्य कन्सर्ट गर्न लागेका हुन् । ट्राइएङल इन्कले यो कन्सर्टको आयोजना गरेको हो ।
कन्सर्टको तयारी तिव्र भइरहेको आयोजक संस्था ट्राइएङल इन्कका प्रमुख कार्यकारी आशिष दाहालले बताए । ‘सबै हिसाबले स्तरीय र भव्य हुनेगरी तयारी गरिरहेका छौं,’ उनले भने । उनका अनुसार उक्त कन्सर्टमा दुर्गेशसँगै अन्य थुप्रै चर्चित कलाकारहरूको पनि प्रस्तुति रहनेछ । जेन जी पुस्ताका कलाकारहरू पनि सामेल हुनेछन् । ‘एक र दुई दिनमा अन्य कलाकारहरूको लाइनअप सार्वजनिक गछौं,’ आयोजक संस्थाका प्रमुख कार्यकारी दाहालले भने ।
आयोजक संस्थाले खल्ती र आइएमई पेसँग सहकार्य गर्दै कन्सर्टको अनलाइन टिकट बिक्री गरिसकेको छ । अहिलेका लागि ५ सय, ७ सय र १ हजार रूपैयाँ मूल्यमा टिकटहरू बिक्री भइरहेको छ । टिकटदर आगामी दिनमा केही बृद्धि समेत हुनसक्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस