आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, दर्जन बढि शिक्षक घाइते

नवनारी
१४ वैशाख २०८२
153 Views

काठमाडौँ । आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपमा परी १५ जना शिक्षक घाइते भएका छन् ।

आन्दोलनको क्रममा घाइते भएका शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ । शिक्षक महासंघ महासचिव तुलाबहादुर थापाले गम्भीर घाइते भएकालाई ट्रमामा लैजान लागिएको बताए ।

‘अहिले घाइते शिक्षकहरूलाई सिभिलमा ल्याएका छौँ । जटिल भएकालाई यहाँबाट ट्रमा लैजाने तयारी भइरहेको छ,’ उनले भने । घाइतेहरूको विवरण संकल गर्ने काम भइरहेको छ । गत २० चैतदेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । शिक्षक र सरकार बिच पटक पटक वर्ताको पर्यास भए पनि वर्ता असफल हुँदै आएको छ ।


धेरै पढिएको