कोरिया जना पाउनुपर्ने माग गर्दै धर्ना

नवनारी
२२ वैशाख २०८२
136 Views

काठमाडौं । कोरिएन भाषा परीक्षा (ईपीएस) पास गरेकाहरुले कोरिया जान पाउनु पर्ने माग राखेर ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिएका छन् ।

भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि आफूहरू कोरिया जान नपाएको भन्दै उनीहरूले तीन दिनदेखि ईपीएस कोरिया शाखा कार्यालय अगाडि धर्ना दिएका हुन् ।

भाषा परीक्षा पास गरेर बसेको १८ महिना बितिसक्दा पनि जान नपाएको उनीहरुले बताएका छन् । रोस्टर अवधि २ वर्षको हुन्छ । बाँकी रहेको समयमा जान पाइन भने त भविष्य नै सकिने उनीहरुको गुनासो छ ।

विद्यार्थीका अनुसार कोरियामा पानीजहाज बनाउने (सिप बिल्डिङ) कामका लागि भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरू मध्ये करिब ४ सय जना मात्रै कोरिया गएका छन् ।

झन्डै ३ हजार भन्दा बढी अझै जान बाँकी रहेको र उनीहरूको रोस्टर अवधि सकिन केही महिनामात्रै बाँकी रहेको उनको भनाइ छ । सिप बिल्डिङ क्षेत्रमा जान नपाए सेक्टर परिवर्तन गरेर भए पनि कोरिया पठाउनु पर्ने माग आफूहरूको रहेको उनले बताएका छन् ।


धेरै पढिएको