शान्तीश्री परियारको स्वर रहेको लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक (भिडियो)
180 Views
काठमाडौँ । गायिका शान्तीश्री परियारको स्वर रहेको लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । गीतमा परियारलाई गायक सुदीप अधिकारीले साथ दिएका छन् ।
गीतमा शब्द तथा सङ्गीत सुदीप अधिकारीको रहेको छ । कमल सौरागको सङ्गीत संयोजन रहेको गीतमा कुमार राना मगरले मिक्सिङ गरेका छन् । गीत खुमन राना र सुमन रानाले रेकर्डिङ गरेका हुन् ।
गितमा लेकबेसी, गोठालो, र पानी पँधेरो गर्दा युवा युवतीबिच बसेको प्रेम भिडियोमा देखाउन खोजिएको छ । सुदीप बरालको छायाङ्कन रहेको गीतको भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् । गाउँले परिवेशमा ग्रामीण जनजीवन समेटिएको गीतको भिडियोमा ओवी रायमाझी र जुना विश्वकर्माको अभिनय छ ।
भिडियोः

प्रतिक्रिया दिनुहोस