समिर भट्टलाई बेस्ट डेव्यु एक्टरको अवार्ड

नवनारी
२४ वैशाख २०८२
220 Views

काठमाडौँ । अमेरिकाको न्युयोर्कमा आयोजना भएको ‘८८४८ हिमालय म्युजिक एण्ड फिल्म अवार्ड’ मा बेस्ट डेव्यु (एक्टर) नायकको अवार्ड समिर भट्टले जितेका छन् । चलचित्र ‘१२ गाउँ’ बाट समिर भट्टले डेव्यु अभिनेताको अवार्ड जितेका हुन् ।

यो चलचित्रमा उनको एक्सन, अभिनय र डान्स सवैको प्रसंसा भएको थियो । यो अवार्ड समारोहमा नायक राजेश हमाल, कलाकार प्रशान्त ताम्राकार, संगीतकार शम्भुजित बास्कोटा पुगेका थिए ।

कार्यक्रममा शंकर घिमिरेले ‘तेल भिसा’ बाट ‘उत्कृष्ट निर्देशक’, स्वस्तिमा खड्काले चलचित्र ‘बेहुली फ्रेम मेघौली’ बाट उत्कृष्ट नायिका, विजय बरालले चलचित्र ‘पूर्ण बहादुरको सारंगी’बाट ‘उत्कृष्ट नायक’को अवार्ड जित्दा ‘साम्बला’ उत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भयो ।


धेरै पढिएको