न्याय माग्दै काठमाडौँ सम्म, कहिले पाउँछन् लघुवित्त पीडितले न्याय ?

नवनारी
२५ वैशाख २०८२
193 Views

काठमाडौं । विगत लामो समय देखि न्यायको माग गर्दै लघुवित्त पीडितहरुले काठमाडौँमा प्रदर्शन गर्दै आएका छन् । देशका विभिन्न क्षेत्रबाट एकता भएर काठमाडौँमै आएर सरकारलाई दबाब दिने पर्यास गरेपनि उनीहरुको मागलाई राज्यले व्यवास्था गर्दै आएको छ । बिहीबार पनि लघुवित्त पीडितले माइतीघरमा प्रदर्शन गरेका छन् । सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको भन्दै उनीहरूले प्रदर्शन गरेका छन् ।

गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् । बिहीबार आन्दोलनको १ महिना १० दिन पूरा भएको छ । काठमाडौँमा चोक, चोक गल्ली गल्लीमा प्रदर्शन गरेपनि सरकारले कुनै वास्ता गरेको छैन् ।

लघुवित्त लगायत सहकारी पीडितको रकम फिर्ता गर्न सरकारले अहिले सम्म कुनै पनि ठोष कमद चालेको छैन् । केहि सिमित व्याक्तिहरु पक्राउ परेपनि मुद्दाको समयमै छिनोफानो गरेर पीडितलाई न्याय दिने बिषयमा सरकारले पूर्ण रुपमा व्यवास्था गरेको विग्यहरुले बताउँदै आएका छन् ।


धेरै पढिएको