भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाइ शुरुआत
काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामी बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाइ स्थापना गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक कार्यक्रममबीच एकाइको उद्घाटन गरेका छन् । बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय अनुसार बाल चिकित्सा सघन एकाइ स्थापना गरेको मन्त्री पौडेलले बताए ।
सेवा शुरुआत गर्दै मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमूना बनाउँदै उपचारका लागि विदेश जाने सङ्ख्या घटाइने लक्ष्य राखिएको बताए । बाल क्यान्सर उपचार निःशुल्क गराउँदा राज्यलाई थप भार नपर्ने गरी आन्तरिक स्रोतबाटै व्यवस्थापन गरिएको उनको दाबी छ ।
थपिएको एकाइमा बालबालिकाको आईसीयूका डे केअरका चार र साधारण सात शय्या रहने अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्वल चालिसेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस