तोलामा २ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ?

नवनारी
३० वैशाख २०८२
203 Views

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज तोलामा रु दुई हजारले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ । यस अघि सोमबार सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँ कारोवार भएको थियो । 

यस्तै चाँदीको मूल्य रु एक हजार ९७० मा बेचबिखन भइरहेको छ । सोमबार पनि चाँदी सोहि मूल्यमा कारोवार भएको थियो । 


धेरै पढिएको