महालेखाले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन
172 Views
काठमाडौं – महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेशन पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधबार (आज) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम प्रत्येक आर्थिक वर्षको महालेखापरीक्षकको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार सोही व्यवस्था अनुसार रायाले राष्ट्रपतिलाई आर्थिक वर्ष २०८०÷०८१ को महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस