सेयर बजारमा लगातार चौथो दिन पनि गिरावट
काठमाडौं । साताको तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ । कारोबार भएको आइतबार र मंगलबार दुई दिनमा २५ अंकले गिरावट भएको सेयर बजार बुधबार पनि घटेको हो ।
आज नेप्से सूचक १४ अंकले गिरावट भएको हो । योसँगै बुधबार सेयर बजार परिसूचक २६२० विन्दुमा पुगेर रोकिएको हो । लगातार गिरावट आएको सेयर बजारमा कारोबार रकम पनि घटेको छ । मंगलबार साढे ९ अर्बभन्दा बढी सेयर कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा आज सेयर बजारमा करिब एक अर्बले गिरावट हुँदै आठ अर्ब ७३ करोडको सेयर कारोबार भएको हो ।
आज ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड कम्पनीको सेयर मूल्यले सकारात्मक सर्किट पार गर्दा पिपुल्स पावर लिमिटेड कम्पनीको सेयर ९ प्रतिशतले वृद्धि भएको छ । यस्तै, तीन वटा कम्पनीको सेयर मूल्यले नकारात्मक सर्टिक लेभलमा गिरावट आएको छ ।
बुधबार कूल ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । एउटा कम्पनीको सेयर मूल्य स्थिर भएको छ । पछिल्लो समय देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक नेतृत्वविहीन हुँदा यसको असर सेयर बजारमा देखिएको हो । सरकारले विगत डेढ महिनादेखि राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न नसक्दा सेयर कमजोर बन्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस