सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घट्यो

नवनारी
१ जेठ २०८२
242 Views

काठमाडौँ । नेपाली बजारमा बिहीबार (आज) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ३ हजार ५०० रुपैयाँ घटेको हो । यससँगै छापावाल सुनको मूल्य आज तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

सुन यस अघि बुधबार १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोवार भइरहेको थियो । यसैबिच चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


धेरै पढिएको