सुनको मूल्य ६ सयले घट्यो, चाँदीको कति ?
196 Views
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सयले घटेको हो ।
शुक्रबार प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज पनि प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस