सुनको मूल्य सामान्यले बढ्यो, कतिमा हुँदैछ कारोवार ?

नवनारी
५ जेठ २०८२
253 Views

काठमाडौँ । सोमबार (आज) नेपाली बजारमा सुनको मूल्यमा सामान्य अंकले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रति तोला ६०० रुपैयाँले बढेर १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ, आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आइतबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको थियो । 


धेरै पढिएको