चीन भ्रमणमा जाँदै पूर्वराष्ट्रपति भण्डारी
199 Views
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन् । चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी जेठ १० गते चीन भ्रमणमा जान लागेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीसँग नेकपा (एमाले) का केही नेताहरू पनि रहनेछन् । भ्रमणको कार्यतालिका नबनिसकेकोले को–को नेता सहभागी हुने निश्चित भइसकेको छैन । एमालेका एक नेताले दिएको जानकारीअनुसार पूर्वराष्ट्रपति भण्डारी र केही नेताहरू जेठ १० गते चीनको बेइजिङका लागि प्रस्थान गर्ने कार्यक्रम भने तय भएको छ । पूर्वराष्ट्रपति भण्डारी चीनमा एक साता रहनेछिन् । त्यसक्रममा उनले केही राजनीतिक भेटघाटसमेत गर्ने ती नेताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस