सुहानाले गरिन् कोलम्बिया विश्वविद्यालयबाट परामर्श र चिकित्सा मनोविज्ञान बिषयमा स्नातकोत्तर

नवनारी
८ जेठ २०८२
272 Views

काठमाडौं । अभिनेत्री सुहाना थापाले अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयबाट परामर्श तथा चिकित्सा मनोविज्ञान विषयमा स्नातकोत्तर उत्तिर्ण गरेकी छन् । विश्वविद्यालयमा उनी दीक्षित भएकी छन् ।

उनका बुवा तथा फिल्म निर्माता सुनिलकुमार थापाले छोरी मनोविज्ञ बनेकोमा खुसी व्यक्त गरेका छन् । ‘एक बाबुको नाताले यो खुसीलाई शब्दमा व्यक्त गर्न गाह्रो छ’ उनले लेखेका छन्, ‘आजको दिन मेरो जीवनको अविष्मरणीय क्षण हो ।’

संस्कार र शिक्षा सन्तानलाई दिने सबैभन्दा अमूल्य सम्पत्ति भएको बताउँदै थापाले लेखेका छन्, ‘ बचपनदेखि देखिएको उसको समर्पण, मेहनत र धैर्य आज फलदायी बनेको देख्दा, एक बाबुको नाताले यो खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ । मेरो विश्वास छ– शिक्षा र संस्कारको यो बाटो उसलाई अझ उचाइमा पुर्‍याओस् । सधैं गर्व गर्छु तिमीमाथि, छोरी । लभ यू प्रिन्सेस ।’

सुहानाको दीक्षान्त समरोहमा सहभागी हुन उनकी आमा तथा फिल्म निर्देशक, अभिनेत्री झरना पनि न्यूयोर्कमा छिन् । आमाछोरी शुक्रबार नेपाल आउँदैछन् । त्यसपछि उनीहरू भदौदेखि छायांकन तयारीमा रहेको होमप्रोडक्सन फिल्म ‘ए मेरो हजुर ५’मा ब्यस्त हुने बताइएको छ ।


धेरै पढिएको