राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहाः अवतार’ आजबाट प्रदर्शनमा

नवनारी
९ जेठ २०८२
205 Views

काठमाडौं । आज शुक्रबारदेखि नेपाली चलचित्र ‘नरसिंहाः अवतार’ प्रदर्शनमा आएको छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘नरसिंहाः अवतार’ मा राजेश हमाल, सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेशचन्द सोडारी, प्रकाश कुँवर, राजिभजंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकार अभिनय छ । यस फिल्ममार्फत अभिनेता राजेश हमालले ८ वर्षपछि अभिनयमा कमब्याक गरेका हुन् ।

राजुविक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी रहेको छ ।


धेरै पढिएको