रबिन्द्र आशिष शैलीको गीत ‘छैन जुन आज’को लोकार्पण (भिडियो)
काठमाडौँ । साहित्यकार तथा गीतकार रबिन्द्र आशिष शैलीको गीत ‘छैन जुन आज’को लोकार्पण गरिएको छ । गीतकार संङ्घ नेपालको सभाहल बिजुलीबजारमा शुक्रबार एक कार्यक्रमका बिच गीतको लाकार्पण गरिएको हो ।
गीतकार संङ्घ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा गीतकार राजेन्द्र थापाको सहभागिता रहेको थियो । यस्तै संङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार शुुभ मुुकारुङ, बरिष्ठ गीतकार सुवार चन्द्र ढंगेल, वरिष्ठ गजलकार ज्ञानुुवाकर पौडेल, संगितकार ज्योति प्रकाश, गायक राज सिग्देल लगायतको सहभागिता रहेको थियो ।
ओएसआर डिजिटलको युट्यव च्यानलबाट सार्वजनिक गरिएको गीतमा राज सिग्देलले आवाज दिएका छन् । एजेन्जर मनोहर सुनाम, रेकर्डिङ प्रकाश खरेलले गरेका छन् भने गीतको निर्देशन दिपेन्द्र के.सीले गरेका छन् । गीतमा संगित ज्योति प्रकाशले भरेका छन् ।

कार्यक्रममा श्रष्टा र सिर्जनाको बारेमा सुवास चन्द्र ढंगेलले आफ्नो सुुझाव सहितको भनाई राखेका थिए । कार्यक्रममा गीतकार रबिन्द्र आशिष शैलीले आफ्ना अनुुभव सुनाउँदै नेपाली गीत संगितलाई नयाँ उचाईँमा लिनको लागि निरन्तर पर्यास जारी रहने बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र थापाले नयाँ प्रविधिको विकास संगै गीत संगितको क्षेत्रमा व्यापक परिवर्तन आएकोले समय सुहाउँदो हिसाबले यसलाई व्यवस्थित गर्दै जानुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा गीतकार संङ्घका अध्यक्ष बसन्त वित्यासी थापाले पछिल्लो समय गीतसंगितको जति चर्चा परिचर्चा भएपनि लेखक गुुमनाम हुन अवस्था रहेको भन्दै त्यसलाई परिवर्तन गर्दै हरेक शब्द, संगितको उच्च मुुल्याङ्कन गर्दै नेपाली म्यूजिकलाई नयाँ उचाईँमा लिनको लागि आफुुहरु लागिपरेको बताए ।
भिडियोः

प्रतिक्रिया दिनुहोस