करिब ९०० किलो गाँजासहित एक जना पक्राउ

नवनारी
१० जेठ २०८२
252 Views

धनकुटा । साँगुरीगढी गाउँपालिका ५ ओख्रेबाट अवैध लागूऔषध गाँजा ८ सय ९० किलोग्राम र मोबाइल ४ थानसहित सोही गाउँपालिका २ बुढीमोरङ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले बुढीमोरङबाट मोरङको केराबारीतर्फ जाँदै गरेको प्र.१–०२(००२ च ५२३८ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा २९ वटा बोरामा रहेको उक्त गाँजा फेला पारी पिकअपमा सवार उनलाई पक्राउ गरेको हो ।

प्रहरीले हाल फरार पिकअप चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


धेरै पढिएको