सेयर बजारमा गिरावट

नवनारी
१२ जेठ २०८२
205 Views

काठमाडौं । सोमबार नेपाल स्टक एक्सेचेञ्ज नेप्सेमा गिरावट आएको छ । सेयर बजारमा ३ अंकले गिरावट आएको हो । यो सँगै आज सेयर बजार २६७७ विन्दुमा पुगेर बन्द भएको हो । सेयर बजार घटेसँगै कारोबार रकम पनि खुम्चिउको छ । आइतबार ७ अर्ब ६० करोड कारोबार भएको बजार सोमबार झण्डै साढे ७ अर्बमा रोकिएको हो ।

आज कारोबार भएकामध्ये ९२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । यस्तै, १५५ कम्पनीको मूल्यमा गिरावट आएको छ । कारोबारका आधारमा आज ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै, आज दुई कम्पीनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । जसमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र बाराही हाइड्रो पावर पब्लिक लिमिटेडको सेयर मूल्यमा भारी गिरावट आएको हो । नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै सेयर बजारमा धितो कर्जाको जोखिम भार घटाएको थियो ।

केन्द्रीय बैंकले आइतबार चालु वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् सेयर धितोकर्जाको जोखिम भार घटाएको थियो । यसअघि १२५ रहेको सेयर धितो कर्जाको जोखिम भार घटाउँदै राष्ट्र बैंकले एक सय प्रतिशत कायम गरेको थियो ।


धेरै पढिएको