सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ?

नवनारी
१३ जेठ २०८२
237 Views

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्य सामान्यले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ । यस अघि सोमबार सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँ थियो । 

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९९५ रुपैयाँ रहेको छ । सोमबार चाँदी दुई हजार ५ रुपैयाँमा कारोवार भएको थियो ।


धेरै पढिएको