अब महिलाको नाममा उद्योग दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने

नवनारी
१५ जेठ २०८२
226 Views

काठमाडौं । सरकारले महिलाका नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यो व्यवस्था मिलाएको घोषणा गरेका हुन् ।

‘महिला लक्षित उद्यमशीलताको माध्यमबाट रोजगारी तथा स्वरोजगारीका अवसर वृद्धि गरिने छ । महिलाका नाममा उद्योग वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिनेछ’,अर्थमन्त्री पौडेलको भनाइ छ ।


धेरै पढिएको