गायिका अञ्जु श्रेष्ठको गजल ‘यो माया नि कस्तो’ बजारमा (भिडियो)
काठमाडौं । गायिका अञ्जु श्रेष्ठको नयाँ गजल गीत ‘यो माया नि कस्तो’ सार्वजनिक भएको छ । भूपेन्द्र महतको शब्द रचनामा आधारित गजलमा दीप घतानीले संगीत भरेका छन् भने सञ्जीव बराइलीले संगीत संयोजन गरेका छन् । भिडियोमा गायिका श्रेष्ठ स्वयंको अभिनय समेत समावेश गरिएको छ ।
राजेश पुमा राईको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालले छायांकन गरेका छन् भने विकास दाहालले सम्पादन र दीपेन्द्र गौतमले भिडियो प्रोडक्सनको जिम्मेवारी सम्हालेका छन् । प्रेमको संयोग र वियोगलाई कलात्मक ढंगले प्रस्तुत गरिएको यस गजलमा भावनात्मक गहिराइलाई प्रभावशाली रूपमा चित्रण गरिएको छ ।
दशक लामो संगीत यात्रामा अघि बढ्दै आएकी श्रेष्ठले आधुनिक, पप, गजलदेखि बालगीतसम्मका थुप्रै विधामा स्वर दिँदै नेपाली संगीत क्षेत्रमा आफ्नो फरक पहिचान बनाउँदै आएकी छन् । उनले आगामि दिनहरुमा समय सुहाउँदो गहन, शब्द भाव सहितका गीतहरु बजारमा ल्याउने जमर्को समेत गरीरहेको बताइन् ।
भिडियोः

प्रतिक्रिया दिनुहोस