नेशनल बाथरोग सेन्टरको १२औँ वार्षिकोत्सवः पाँच लाख बढि बिरामीलाई सेवा प्रदान

नवनारी
२३ जेठ २०८२
276 Views

काठमाडौं । नेशनल बाथरोग सेन्टरले करिब पाँच लाख बाथ रोगी बिरामीलाई सेवा दिएको छ । बिहीवार आफ्नो स्थापनाको १२औँ वार्षिकोत्सवको अवसरमा सेन्टरले पाँच लाख बढीलाई सेवा दिएको जनाएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले नेशनल बाथरोग सेन्टरले दिएको सेवाको प्रशंसा गर्दै यो रोगका रोगीहरुका लागि आवश्यक औषधि प्रयोगको अनुमतिका बारेमा समन्वय गर्न विभाग सदैव तयार रहेको बताए ।

त्यस्तै उनले नेपालमा भिटामिन डिको अभावको बारेमा विभिन्न टिका–टिप्पणी भैरहेको अवस्थामा यस बारेमा बाथरोग विशेषज्ञहरुले गहिरो अनुसन्धान गर्नु पर्ने आवश्यकता औंल्याए । यसका साथै उनले सेन्टरले तयार पारिरहेको सुविधाजनक एपलाई नेपाली भाषामा समेत तयार पार्न सुझाव दिए ।

कार्यक्रममा बोर्ड मेम्बर वरिष्ठ बाथरोग विशेषज्ञ डा.बिनित वैद्यले नेशनल बाथरोथ सेन्टरको नयाँ मोबाइल एपबारे जानकारी दिँदै सेवा प्रवाहलाई देशका पूर्वदेखि पश्चिमसम्म फैलाउन सफल भएको उल्लेख गरे ।

समारोहमा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले आगामी दिनमा नेशनल बाथरोग सेन्टरबाट अझ सुलभ, गुणस्तरीय र देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गरे । प्रवन्ध निर्देशक कक्षपतिका अनुसार वर्तमान परिपेक्षमा बाथरोगको पहिचार गरी उपचार गर्ने बताए ।

उनका अनुसार अनुसन्धान एवं जनचेतना अभिवृद्धि गरी गुणस्तरीय उपचार देशभरी पुर्याउने उदेश्यका साथ स्थापना भई काठमाडौंको रातोपुल, ललितपुरको पुल्चोक, भक्तपुरको टेखापुखु, पोखराको मुस्ताङ चौक, बिर्तामोडको शनिश्चरे रोड रोड, बुटवलको सुख्खानगर, दाङको तुलसीपुर तथा चितवनको भरतपुरबाट समेत नेशनल बाथरोग सेन्टरले विगत १२ वर्षदेखि सेवा दिइरहेको छ ।


धेरै पढिएको