सुन तोलामा ३ हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?

नवनारी
२५ जेठ २०८२
248 Views

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ३ हजार रुपैयाँले घटेर १ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला २१ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । 


धेरै पढिएको