अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुन दिक्षा पोल्यान्ड प्रस्थान

नवनारी
२६ जेठ २०८२
289 Views

काठमाडौँ । ‘मिस सुप्रानेसनल नेपाल २०२५’ की विजेता दिक्षा अवस्थी पोल्यान्ड प्रस्थान गरेकी छन् । पोल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुप्रानेसनल’ मा सहभागी हुन उनी पोल्यान्ड प्रस्थान गरेकी हुन् ।

उनी आज (सोमबार) बिहान ८ बजे त्रिभुवन विमानस्थलबाट पोल्यान्ड उडेकी हुन् । ९ देखि २७ जुनसम्म हुने प्रतियोगितामा दीक्षाले नेपाललाई प्रतिनिधित्व गर्नेछिन् । नेपालको प्रतिनिधित्व गरेर जान पाउँदा निकै खुसी लागेको उनले बताइन् । विश्वका ७० बढी देशहरू सहभागि हुने प्रतियोगिताको ठुलो स्टेजमा नेपालबारे सबैलाई चिनाउने उनको विश्वास रहेको छ ।


धेरै पढिएको