गायिका रचना रिमाल बिरामी, हेलिकप्टरबाट उद्वारपछि अस्पताल भर्ना
366 Views
काठमाडौं । अचानक बिरामी भएपछि गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन् । सांगीतिक कार्यक्रमको सिलसिलामा रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएको हो ।
सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उनलाई रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएको थियो । नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतको भनाइ छ ।
सोमबार रूकुम पुगेकी उनले मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो । तर मंगलबार बिहान अचानक पेट दुखेपछि उनलाई काठमाडौं ल्याइएको हो । अहिले उनको काठमाडौं स्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस