सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ?

नवनारी
२९ जेठ २०८२
307 Views

काठमाडौं । नेपाली बजारका आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


धेरै पढिएको