एकै दिन सुनको मूल्य ४ हजार २ सयले बढ्यो, कतिमा हुँदैछ कारोवार ?
This image shows gold bullion. Photo courtesy: wiki
311 Views
काठमाडौँ । सुनको मूल्य निरन्तर बढिरहेको छ । नेपाली बजारमा बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु चार हजार २०० लेवृद्धि छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ९७ हजार १०० कायम भएको छ । बिहीबार सुन तोलामाएक लाख ९२ हजार ९ सयमा कारोवार भएको थियो ।
यस्तै चाँदी तोलामा आज दुई हजार १६५ मा कारोबार भइरहेको छ । बिहीबार चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोवार भएको थियो।

प्रतिक्रिया दिनुहोस