मिस पबी चलचित्र ‘किन लाग्छ माया’मा अनुबन्धित
काठमाडौं – एसएण्डएस प्रोडक्सनको ब्यानरमा कथानक फल्म ‘किन लाग्छ माया’मा मिस पबी अर्थात पबित्रा साकी अनुबन्धित भएकी छन् । मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा तयार हुन लागेको फिल्म छायांकन असार पहिलो सातादेखि सुरु गर्ने तयारी छ ।
फिल्ममा उनी संगै सन्जीत भण्डारी, ऋचा थापा, जान्वी बस्नेत, धीरेन शाक्य, राजेन्द्र खड्गी, हिउँवाला गौतम, सबिन बाँस्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकालको अभिनय हुनेछ ।
फिल्मको मुख्य भूमिकामा मेघ सुवेदीले काम गर्दैछन् । मेघले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । स्याडो रियरको कथा रहने फिल्ममा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको नृत्य, खड्गीको एक्सन रहनेछ । अर्जुनप्रसाद पोखरेल निर्माण नियन्त्रक रहेको फिल्ममा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, दिप्त प्रकाश अधिकारी र सुवास गोतामेको सहायक निर्देशन रहनेछ । फिल्मको छायांकन काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी, मुस्ताङ लगायतका स्थानमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस