सामान्य अंकले बढ्यो सेयर बजार

नवनारी
१ असार २०८२
244 Views

काठमाडौं । साताको पहिलो दिन सेयर बजार झिनो अंकले वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार ७ अंकले गिरावट भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ०.४७ अंकले बढेको हो । यो सँगै आज सेयर बजार परिसूचक २६५५ विन्दुमा पुगेर रोकिएको हो ।

९० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो । हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको उत्साह कायमै छ । गत साता सबैभन्दा धेरै ५.५३ प्रतिशत बढेको यो सेक्टर आइतबार ०.९६ प्रतिशत बढ्यो । आज धेरै मूल्य बढेका कम्पनीमा हाइड्रोपावरको वर्चस्व रह्यो ।

यद्यपि उत्पादन समूह सबैभन्दा धेरै १.४७ प्रतिशत बढ्यो । व्यापार १.०८, निर्जीवन बीमा ०.०७ तथा विकास बैंक ०.४८ प्रतिशत बढे । बैंकिङ ०.४४, फाइनान्स ०.५९, लगानी ०.७६, जीवन बीमा ०.५४, माइक्रोफाइनान्स ०.३१, होटल तथा पर्यटन ०.०६ तथा अन्य समूह ०.४६ प्रतिशत घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

१० प्रतिशत बढेका कम्पनीमा पियोर इनर्जी, ग्रिन डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावर छन् । त्यस्तै बरुण हाइड्रोपावरको ९.८४, युनियन हाइड्रोपावरको ९.३४ प्रतिशत मूल्य बढ्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, बुटवल पावर, राधि विद्युत् र माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।