एक किलो बढि सुन सहित एक भारतीय महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
310 Views
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेकी छन् । ५३ वर्षीया खेमानी मिना सुजित सिंह पक्राउ परेकी हुन् ।
उनलाई मंगलबार राति १ किलो १६० ग्राम सुनसहित पक्राउ गरिएको हो । उनी सारजाहबाट एयर अरेबियाको उडानमार्फत् मध्यराति नेपाल आइपुगेकी थिइन् ।
चेकिङको क्रममा सुन फेला परेपछि उनलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस