काठमाडौँका विभिन्न क्षेत्रमा लगाइएको निषेधाज्ञा हट्यो

नवनारी
६ असार २०८२
394 Views

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सूचना जारी गर्दै काठमाडौंको चक्रपथ भित्र लगाइएका निषेधाज्ञालाई हटाएको जानकारी दिएको छ ।

राजावादीहरू प्रदर्शन चर्किएपछि प्रशासन कार्यालयले जेठ १८ गते तीन वटा स्थान बाहेक चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानहरूमा प्रदर्शन गर्न रोकेको थियो । अहिले प्रदर्शन रोकिएसँगै प्रशासन कार्यालयले निषेधाज्ञालाई हटाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जारी गरेको विज्ञप्तिमा अब ती सबै स्थानहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिने बताएको छ ।


धेरै पढिएको