मध्यपश्चिम विश्वविद्याल र नीति अनुसन्धान प्रतिष्ठानबीच सहकार्य

नवनारी
५ साउन २०८३
28 Views

५ साउन, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीबीच आज काठमाडौँमा क्षमता विकास,विज्ञसूची, विद्यार्थी संलग्नता, प्रतिष्ठानको अध्ययनहरूका लागि क्षेत्रीय आउटपोस्टको अवधारणालगायतका समग्र विषयमा छलफल भएको छ ।

उक्त छलफलमा प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराई तथा वरिष्ठ अनुसन्धानकर्ता, डा दीपककुमार खड्का,डा खगनाथ अधिकारी, डा खगनाथ अधिकारी, डा मोहनकुमार शर्मा, डा हरि शर्मा न्यौपाने, र डा कल्पना खनाल तथा मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका निर्देशक तथा नीति प्रयोगशालाका संयोजक डा यदुप्रसाद ज्ञवाली र फ्याकल्टी मेम्बर एवं पीएचडी स्कलर लोकबहादुर ओली सहभागी रहेका थिए ।


धेरै पढिएको