कृषिमन्त्री अधिकारीले गरेनन् पदभार ग्रहण

नवनारी
३१ असार २०८१
160 Views

काठमाडौँ- कर्मचारी आन्दोलनका कारण नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेनन् । सोमबार शपथ ग्रहण गरे लगत्तै मन्त्रालय पुगेका मन्त्री अधिकारीले आन्दोलनरत कर्मचारीसँग केहीबेर कुराकानी गरे पनि पदभार ग्रहण नगरेका हुन् ।

मन्त्री अधिकारीले आन्दोलनरत कर्मचारीसँग मन्त्रालयबाहिर केहीबेर कुराकानी गरेका थिए । आन्दोलनरत कर्मचारीका अनुसार मन्त्री अधिकारीले समस्या समाधानका लागि आफूलाई केही दिन समय दिन आग्रह गरेका थिए ।


धेरै पढिएको