गगन थापा

कांग्रेस–एमालेको ७ बुँदे सहमति संसदबाट सार्वजनिक गर्न गगन थापाको माग

नवनारी
५ साउन २०८१
139 Views

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक गर्न माग गरेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदबाट सो सहमति सार्वजनिक गर्नुपर्ने माग गरेका हुन ।
४२ औं बीपी स्मृति दिवशको अवसरमा गरिएको कार्यक्रममा बोल्दै थापाले आफैं हस्ताक्षरकर्ता नै भएकाले ओलीले उक्त सहमति सार्वजनिक गर्नु उनको जिम्मेवारी भएको उल्लेख गरे ।
उनले भने–‘भोलि हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा, संसदमा आफ्नो विचारहरु राख्दै गर्दा नेपाली कांग्रेस र नेकपा एमालेबीच ७ बुँदाका बीचमा सहझदारी भयो भनिएको छ । ७ बुँदा के हो भन्ने कुरा त्यहाँ पढेर सुनाउनुपर्छ’ ।
कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति आफूहरुले पढेको र कांग्रेसले त्यसै अनुसार कार्यसम्पादन समिति र संसदीय दलबाट निर्णय गरेको थापाले बताए ।


धेरै पढिएको