संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै

नवनारी
६ साउन २०८१
211 Views

प्रतिनिधिसभा आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम रहेको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएका हुन । त्यसअघि उनले संसदबाटै देशबासीको नाममा संवोधन गर्ने तयारी रहेको छ ।
गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष ओलीलाई नेपाली कांग्रेसको सहयोग छ । उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने छन् ।
यता प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका दलले भने उनलाई विश्वासको मत नदिने भएका छन् । यी दलले विश्वासको मत नदिए पनि दुई तिहाइ मत पक्षमा पु¥याउँने तयारीमा प्रधानमन्त्री ओली रहेका छन् ।
एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने भएकोले सांसदहरूलाई ह्विप जारी गरिएको मुख्य सचेतक महेश बर्तौलाले बताएका छन् ।

 


धेरै पढिएको