एरी व्युटिसियन पोइन्ट एण्ड ट्रेनिङ सेन्टेरको नयाँ शाखा महालक्ष्मीस्थानमा
काठमाडौँ- एरी व्युटिसियन पोइन्ट एण्ड ट्रेनिङ सेन्टेरले ललितपुरको महालक्ष्मीस्थानमा नयाँ शाखा विस्तार गरेको छ। नयाँ शाखाको उद्घाटन ब्युटिसियन क्षेत्रमा कार्यरत रिना अवालेले गर्नुभएको थियो। ग्रीस्मा शाक्य र आस्मा शाक्य दिदी बहिनी मिलेर एरीको कुमारीपाटी स्थित पहिलो शाखालाई सफल बनाएपछि दोस्रो शाखा महालक्ष्मीस्थानमा खोलिएको हो।
लामो संघर्ष र निरन्तर मेहनतका कारण एक पछि अर्को शाखा खोल्न सफल भएको शाक्य दिदी बहिनीले बताउनु भएको छ। आफ्नै घरबाट सुरु भएको एरीको आज दुई ओटा शाखासम्म आइपुग्दाको कथा लामो भएको उनीहरुको भनाइ। ‘विस्तारै भयो अलि संघर्षशिल नै भयो तर सफल पनि भयो। अझै हाम्रा योजनाहरु धेरै छन्,’ उनीहरुले भने।
दिदीले गरेको देख्दा साइन्स पढिरहेकी बहिनीलाई पनि सहयोग गरौँ भन्ने लागेपछि सँगै काम गर्नुभयो। दिदी बहिनीको अथक ४ वर्षको प्रयास पछि एरीले दोस्रो शाखा पाएको उनीहरुले बताए।
महिला पुरुष दुबैलाई सौन्दर्यसम्बन्धी तालिम पनि एरीबाट दिने गरिएको उनीहरुले बताए। ४ वर्षको अन्तरालमा धेरै विद्यार्थी पास गराएको सम्झदै उनीहरुले देश विदेशमा काम गरेको देख्दा खुसी लागेको उनीहरुले बताए।
आफूसँग सिप र क्षमता भए पनि अरुको देशमा नजाने र आफ्नै देशलाई टेवा पुग्ने गरी काम गर्ने योजनामा रहेको उनीहरुले बताए।


प्रतिक्रिया दिनुहोस