सौन्दर्यशास्त्रका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण

नवनारी
९ भदौ २०८१
279 Views

काठमाडौँ- गत सात पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयमा कक्षा १० र १२ मा उत्तीर्ण हुने सौन्दर्यशास्त्र विषय लिएका विद्यार्थीहरू र काठमाडौँ महानगरपालिकाको गौरव योजना अन्तर्गत समुदायका दिदीबहिनीहरूलाई रोजगार उन्मुख सीप प्रदान गर्ने उद्देश्यले गरेको तालिम जुन चाहिँ दुई वटा समुह सम्पन्न भई सकेको थियो। उक्त विद्यार्थीहरुलाई प्रमाण प्रत्र वितरण कार्यक्रम गरिएको थियो।

समुदायको महिलाहरुले ३९० घण्टाको तालिम सम्पन्न गर्नु भएको थियो भने कक्षा १० का विद्यार्थीहरुले कक्षा ९ र १० गरि २ बर्ष, कक्षा १२ का विद्यार्थीहरुले ११ र १२ गरी २ बर्ष ब्युटीसीएन विषय लिइ पढेर उतिर्ण हुनु भएको थियो ।

गत हप्ताकाे  शुक्रबार विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएकाे थियाे। भने हालसम्म दुई चरणका तालिमहरू सम्पन्न भइसकेका छन्।

उक्त तालिमको सहजकर्ता सुमा चित्रकार हुनु हुन्थ्याे।

उहाँहरुले तीन महिनासम्म पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयमा तालिम लिएपछि इन्टर्नशिपको लागि  बाहिरको ब्युटी पार्लरमा पनि काम गर्नुभएको थियो। र उक्त सहभागीहरुलाई पनि प्रमाणपत्र वितरण गर्ने कार्यक्रम थियो। उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिकाबाट पनि सहभागी हुनुभएको थियो।

त्यस्तै इन्टर्नसिप गर्न सहयोग गर्नुहुने ब्युटी पार्लरका प्रतिनिधिहरूलाई पनि सम्मान गर्ने कार्यक्रम रहेकाे थियाे।

त्यस्तै पद्मकन्या विद्याश्रमका विद्यार्थीहरूद्वारा नृत्य प्रदर्शन पनि भएको थियो र उक्त कार्यक्रमको उद्घाटन यस विद्यालयका प्रधानाध्यापक रिता तिवारीले गर्नुभएको। थियो उक्त कार्यक्रममा प्रशिक्षक सुमा चित्रकारले हालसम्म भएका गतिविधिहरूको बारेमा पनि जानकारी गराउनुभएको थियो।

कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भयो। त्यस्तै नृत्य प्रस्तुत गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।

 


धेरै पढिएको