चलचित्र ‘एक्टर’ आजबाट देशैभर प्रदर्शनमा

नवनारी
४ माघ २०८१
210 Views

काठमाडौँ । चलचित्र ‘एक्टर’ आजबाट देशैभर प्रदर्शनमा आएको छ । देशभरका करिब ७० वटा सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको छ । युवा पुस्तालाई लक्षित कथावस्तु समेटिएको यो चलचित्रलाई टेलिभिजन पत्रकार मनोहरी थापाले निर्माण गरेका हुन् । यो चलचित्रबाट प्रिन्स थापा मगर नायकका रूपमा डेब्यु गरेका छन् ।

चलचित्रमा प्रिन्स थापा मगर, आलवा शिवानी गिरि, कशिस दाहाल, निशा केसी भण्डारी, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिबु शाह लगायतका कलाकारको अभिनय छ । यस चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ ।


धेरै पढिएको