रास्वपामा कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई
188 Views
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिइएको छ । यसअघि कार्यवाहक प्रवक्ता तोकिएका मनीष झा शैक्षिक भ्रमणमा रहेकाले उक्त जिम्मेवारी रावललाई दिइएको पार्टीले जनाएको छ ।
झा माघ ३ गतेदेखि माघ ३० गतेसम्म निजी कार्यमा व्यस्त रहने रास्वपाले जानकारी दिएको छ । कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले रावललाई कार्यवाहक प्रवक्ता तोकेको रास्वपाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस