सुन–चाँदीको भाउमा केहि गिरावट

नवनारी
६ माघ २०८१
225 Views

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ केहि घटेको छ । आज सुनको मुल्य प्रतितोलामा ८ सय रुपैयाँले घटेको हो । अघिल्लो शुक्रबार सुन प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो ।


धेरै पढिएको