विपिन जोशीबारे परराष्ट्रमन्त्री राणा र इजिप्टका विदेश मामिलामन्त्री अब्देल–अतीबिच फोनवार्ता
214 Views
काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र इजिप्टका विदेश मामिला, अध्यागमन र इजिप्टियन प्रवासी मामिलामन्त्री डा. बद्र अब्देल–अती बिच फोनवार्ता भएको छ । आइतबार भएको टेलिफोन कुराकानीमा गाजामा युद्धविरामका लागि इजिप्टले खेलेको भूमिकाबारे छलफल भएको हो ।
छलफलका क्रममा इजिप्टका मन्त्री अब्देल–अतीले हमासले आफ्नो बन्धकमा राखेका नेपालका विपिन जोशीको रिहाइलाई प्राथमिकता दिने आश्वासन दिएको मन्त्री राणाको सचिवालयले जनाएको छ । इजिप्टका मन्त्री अब्देल–अतीले विपिनको रिहाइका लागि गाजाका आफ्ना वार्ताकारहरूलाई विशेष निर्देशन दिने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विपिनको छिट्टै रिहाइ हुने मन्त्री राणाको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस