विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णयमा ट्रम्पको हस्ताक्षर

नवनारी
८ माघ २०८१
212 Views

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट अलग गर्ने प्रक्रिया सुरु गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

ओह, यो ठूलो कुरा हो, नव-निर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले भने । ह्वाइट हाउस फर्किएपछि उनले उक्त निर्णयमा फेरि हस्ताक्षर गरेका हुन् । यो उनले पदभार ग्रहण गरेको पहिलो दिन हस्ताक्षर गरेका धेरै कार्यकारी निर्णयहरूमध्ये एक हो ।

यस कार्यकारी आदेशले अमेरिका औपचारिक रूपमा डब्ल्यूएचओबाट बाहिरिने सम्भावनालाई अझ बलियो बनाएको छ । ट्रम्पले अमेरिका डब्ल्यूएचओबाट अमेरिका बाहिरिन निर्देशन गरेको यो दोस्रोपल्ट हो । उनले कोभिड-१९ को व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै कोभिड १९ महामारीको समयमा बाहिरिने प्रक्रिया सुरु गरेका थिए । तर, पछि राष्ट्रपति जो बाइडेनले उक्त निर्णय उल्टाएका थिए ।

उक्त आदेशमा अमेरिका डब्ल्यूएचओबाट बाहिरिन लागेको कारणहरूमा कोभिड-१९ महामारी ९ जुन चीनको वुहानबाट उत्पन्न भएको थियो । त्यसको असफल व्यवस्थापन, संस्थाले अत्यावश्यक सुधारहरू गर्न नसक्नु र डब्ल्यूएचओ सदस्य राष्ट्रहरूको अनुचित राजनीतिक प्रभावबाट स्वतन्त्र हुन असमर्थ रहेको उल्लेख छन् ।


धेरै पढिएको