निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुने मन्त्री भट्टराईकाे भनाई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने बताएकी छन् । सरकारले ल्याएको अध्यादेशमा निवृत्तिभरण ऐनको बारेमा पनि उल्लेख भएको बताउँदै उनले निवृत्तिभरण कोषमा शिक्षक सेवा समावेश कहिले भन्ने प्रश्न रहेकोमा सोही बारेमा मन्त्रिपरिषद् बैठकमा आफूले कुरा राखेको र छलफलमा ऐन बनेपछि (२०८१) बाट मात्रै निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुने स्पष्ट भएको बताइन् । उनले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने बताएकी हुन् ।
‘निवृत्तिभरण ऐनको बारेमा जुन अध्यादेशमा आयो, त्यसमा शिक्षक सेवा पनि समावेश हुने निवृत्तिभरण ऐन कोषमा भन्ने आयो । त्यसमा शिक्षकहरूमा केही कन्फ्युजन थियो । कहिलेबाट भनेर । मैले मन्त्रिपरिषदमा यो विषय प्रवेश गराएँ । त्यहाँ जबबाट ऐन बन्यो त्यहीलेदेखि नै होला । २०८१ सालबाट मात्रै उहाँहरू त्यसमा समावेश हुनुहुन्छ । अगाडिको शिक्षकहरू पेन्सनकै प्रावधानमा रहनुहुन्छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस