यसरी घरमै सफा राख्न सकिन्छ स्किन र कपाललाई

नवनारी
१० माघ २०८१
384 Views

काठमाडौँ । जाडोयाममा विशेष गरी कपाल झर्ने, स्किन (छाला)मा विभिन्न खालका समस्याहरु देखिने गरेको पाइन्छ छ । अहिले बजारमा यस सम्बन्धी थुप्रै सामाग्रीहरु आइसकेका छन् । तर कपाल झर्ने, कपाललाई थप राम्रो बनाउने, आफ्नो स्किनलाई सफा र चिटिक्क राख्नको लागि घरमै बसेर पनि थुप्रै सामाग्रीहरु तयार पार्न सकिन्छ । यसमा विशेष गरी घरमै तयार गर्न सकिने डि–टेन फेस प्याक र हेयर सिरमको बारेमा जानकारी दिएको छ ।

डि–टेन फेस प्याक
यसलाई विशेष गरी मुसुरोको दाल, आलु, कागती लगायतका खानेकुराहरुबाटै बनाउन सकिन्छ । जसको लागि यस्ता छन तरिकाहरु ।
–मुसुरोको दाल एक चम्चा राति पानीमा भिजाउने, बिहान त्यसको पानी फालेर मिक्सरमा पिसेर सुख्खा बनाउने । सोहि भिजाएको पानी थारै मात्रामा मिसाएर पिस्ने । टमाटर आधा काटेर राख्ने आलु आधा काटेर राख्ने । कागतीको रस आधा चम्चा राख्ने आलु र टमाटरलाई सानो–सानो टुक्रामा काट्ने, यदि कसैको छालामा कागती सुट नभएको अवस्थामा कागती नराख्ने ।

यो मित्रण फ्रेश बनाएर लगाउँदा हाम्रो स्किनको लागि एकदमै उपयोगि हुन्छ । किनकी आलु भएको हुनाले फ्रिजमा राख्दा कालो हुन जान्छ । किनकी आलु ओक्सिडाइज हुन्छ । अब यो प्याक स्किन फेसमा लगाउने र १५ मिनेटमा हल्का भिजाएर सफा गर्दा एकदमै राम्रो हुन्छ । १५ मिनेटको फरकमा लगाइसकेपछि मोइस्चुराईजर लगाउने । अर्को कुरा पानी पिउने बानी बसाल्नु पर्छ ।

होम मेडः हेयर सिरम

विशेष गरी कपालको लागि एकदमै उपयोगि मानिने सिरम यसरी घरमै बनाउन सकिन्छ ।
–चार ठूलो चम्चा एलोभेरा जेल
–दुई चम्चा केस्टर ओयल
–दुई पिस भिटामिन (ई) क्याप्सुल: यसको मिश्रण बनाउने र कमालको जरा–जरा मा औलाको सहायताले कपालको सबै तिर हल्का हल्का मसाज गर्ने । २ घण्टा जति राख्ने र नुहाउने (नुहाउँदा स्याम्पु प्रयोग गर्न पनि सकिन्छ)
–एलोभेरा जेल घरमा गमलाबाट टिपेर पनि लगाउदा हुन्छ । तर त्यसको पहेलो तत्वले हानिकारक हुन्छ । त्यसलाई फालेर मात्र पयोगमा ल्याउनुपर्छ । (बजारमा पाइने एलोभेरा जेल लिँदा पनि हुन्छ)
एलोभेरा मा भिटामिन (ए) (बि) (सि) को मात्रा हुन्छ । यसको प्रयोगले कपाल झर्न र चाया पर्नबाट जोगाउछ ।

–केस्टर ओयल मा ओमेगा (६) फ्याटी एसिट मिनरल र पोखक तत्व भएको हुनाले लाभदायक हुन्छ ।
–भिटामिन (ई) क्याप्सुलले कपाललाई साइनिङ्ग दिन्छ । कालो र बाक्लो पनि बनाउँछ । यसको प्रयोग हप्ताको ३ पटक गर्नुपर्छ । र राम्रो रिजल्ट देखिन्छ ।

लेखक बजिमय लामो समय देखि व्यूटिसियन क्षेत्रमा आवद्ध छन् ।


धेरै पढिएको